Rajshow Bivag

सरकारले हाम्रो जनतालाई दशै खर्च दिनु पर्‍यो: विर्खेबहादुर राउटे

Departmant of helth services

 

दाङ: फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग भेटघाट गरेका छन ।

 

बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो । राउटे शाहीले सरकारसँग दशै खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गरेका छन ।

 

अब दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनु पर्‍यो, उनले भने ८६ घर जनता छ, खसी खाना सरकारले दुई लाख दिनुपर्छ । सबै मन्त्रीहरुले हामीलाई दशै खर्च दिनुपर्‍यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो । उनले आफुहरु अहिले दैलेखमा बसिरहेको र दशै खर्चका लागि दाङ आएको बताए । तिज खर्चकै लागि आएका हौ । उनले भने- तिज गइगो अब दशै खर्च जुटाउनु परेको छ ।

 

 

मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । उनले दशै खर्चका लागि आबश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए ।

 

राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भने, २/३ दिनमा सरकारको केहि सहयोग हुन्छ । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...

बिहानैदेखि देशका केहि भू-भागमा हावाहुरीसहित पानी पर्दै, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

बिहानैदेखि देशका केहि भू-भागमा हावाहुरीसहित पानी पर्दै, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:५१

  काठमाडौं: नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव...

हेर्नुहोस् आज २०८१ जेठ ७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ७ सोमवार ०५:५९

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

ष्याँदर पिदारको शुभ-कामना आदानप्रदान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

ष्याँदर पिदारको शुभ-कामना आदानप्रदान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ जेठ ६ आइतवार २२:४८

  काठमाडौं: 'पहिचान र समानताको लागि प्रतिवद्धता' भन्ने मुल नाराका...

जसरी सहकारीका विषयहरु उठिरहेका छन् ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन: गृहमन्त्री रवि लामिछाने

जसरी सहकारीका विषयहरु उठिरहेका छन् ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन: गृहमन्त्री रवि लामिछाने

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५२

  काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनैपनि सहकारीबाट...