YouTube Link

एसिया कपको सदाबहार दाबेदार भारतसँग आज नेपाल भिड्दै

Facebook Link

 

काठमाडौं: एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि भारतविरुद्ध खेल्ने अवसर पाएको हो । नेपालले डेब्यू खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार व्यहोर्न पुग्यो । नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ ।

 

एसिया कपको सदाबहार दाबेदार भारतले आफ्नो पहिलो खेलमा चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग अंक बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब भारतले दोस्रो खेलमा नेपालसँग खेल्न लागेको हो । समूह ए मा नेपाल र भारतबीचको विजेता अर्को चरणमा पुग्नेछ ।

 

एसिया कप खेल्दै गरेका ६ टोलीमध्ये सबैभन्दा कमजोर टोली नेपालले भारतविरुद्ध अकल्पनीय नतिजा निकालेको खण्डमा त्यो नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक दिन हुनेछ ।

 

सन् २०१७ मा एसिसी यु १९ एसिया कपमा नेपालले भारतलाई १७ रनले हराएको थियो । त्यस समयमा पनि समूह ए मा भारतलाई हराउँदै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । अहिले पनि त्यस्तै समीकरण छ । त्यस ऐतिहसिक जितका ६ जना खेलाडी दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भिम सार्की, सन्दीप लामिछाने, आसिफ शेख र किशोर महतो यस पटक पनि टोलीमा छन् ।

 

नेपाली क्रिकेट इतिहासमा भारतलाई हराएको त्यही एकमात्र खेलका नेपाली टोलीका ब्याटिङ प्रशिक्षक मोन्टी देशाई यस पटक मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...