ईङ्ग्लिस क्लब टोटेनहम ग्रिस क्लब ओलम्पिकासले खेले बराबरी
वि.सं.२०७६ असोज २ बिहीवार ०९:१४
741
sharesच्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमले बराबरी खेलेको छ । गएराति भएको खेलमा टोटेनहमले ग्रिसको क्लब ओलम्पिकाससँग २-२ गोलको बराबरी खेलेको हो । ओलम्पिकासको घरेलु मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा टोटेनहम बराबरीमा रोकिएको हो ।
खेलको २६ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । खेलको ३० औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनहम २-० ले अघि रह्यो । तर, खेलको ४४ औं मिनेटमा डानिल पोडेन्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ५४ औं मिनेटमा माथियु भल्ब्युनाले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । यो बराबरीसँगै समूह ‘बी’ को टोटेनहमले पहिलो खेलमा १ अंक जोडेको छ । ओलम्पिकासको पनि १ अंक छ ।
वि.सं.२०७६ असोज २ बिहीवार ०९:१४