YouTube Link

आयरल्यान्डलाई हराउँदै जर्मन युरोकप छनोटको शीर्षस्थानमा उक्लियो

Facebook Link

एजेन्सी: युरोकप छनोट अन्तर्गत गएराती भएको खेलमा जर्मन र नेदरल्यान्ड्सले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । जर्मनले शीर्षस्थानमा रहेको उत्तरी आयरल्यान्डलाई २-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

जर्मनका लागि दुवै गोल दोस्रो हाफमा भएको थियो । मार्सल हाल्सटनबर्गले ४८औं मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा सर्ज गनाब्रीले गोल गर्दै जर्मनीको जित पक्का गरे । पहिलो हाफमा केहि सुस्त प्रदर्शन गरेको जर्मनले दोस्रो हाफमा भने निकै आक्रमण रणनीति अपनाएको थियो । आयरल्यान्डका गोलरक्षक बेली पिकक-फेरलले केहि राम्रो बचाउ गर्दै अन्तिमसम्म पनि आफ्नो टोलीको सम्भावना कायम राखेका थिए ।

समूहकै अर्को खेलमा नेदरल्यान्ड्सले रायन बाबेलको दुई गोलसँगै इस्टोनियालाई ४-० ले पराजित गर्यो । खेलको १७औं र ४७ औं मिनेटमा बाबेलले डेली गोल गरे । मेम्फिस डिपाएले ७६औं मिनेटमा उत्कृष्ट गोल गर्दै ३-० को स्कोर बनाए । जिओर्जिनियो वाइनल्डमले ८७औं मिनेटमा गोल गरेपछि नेदरल्यान्ड्सले फराकिलो जित पक्का गर्यो ।

यस नतिजासँगै समूह ‘सी’ मा जर्मन शीर्षस्थानमा उक्लिएको छ । जर्मन र उत्तरी आयरल्यान्डको ५ खेलमा समान १२ अंक भएपनि जर्मनी गोल अन्तरमा अगाडी छ । नेदरल्यान्ड्सको ४ खेलमा ९ अंक छ । बेलारुस ५ खेलमा ३ अंक र इस्टोनिया अंकविहिन रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...