YouTube Link

दर्शक कुट्ने भलिबल खेलाडी परे ६ महिना प्रतिबन्धमा

Facebook Link

 

काठमाडौं: नेपाल भलिबल संघले दर्शक कुट्ने त्रिभुवन आर्मीका क्लबका ३ खेलाडीलाई कारबाही गरेको छ । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगका दौरान अनुसाशनहीन क्रियाकलापमा संलग्न भएको भन्दै भलबिल संघले आर्मीका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपती कुँवरलाई प्रतिबन्ध लगाएको हो ।

 

स्पाइकर भट्टलाई ६ महिना प्रतिबन्ध लगाउदा विष्ट र कुँवरलाई ३-३ महिनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा खेल्न प्रतिबन्ध लगाइएको भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।  प्रतियोगिता अन्तर्गत गत असार २५ गते गण्डकी प्रदेशसँगको खेलका दौरान आर्मीका स्पाइकर भट्टले दर्शकलाई प्यारापिटमै गएर कुटेका थिए ।

 

चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्टि जनाएका थिए । त्यहिँ क्रममा दर्शकदिर्घाबाट हुँटिङ हुँदै अपशब्द बोलिएको सुनिएको थियो । लगत्तै कोर्टमा बोतल प्रहार भएपछि आर्मीका खेलाडी उत्तेजित भएका थिए ।

 

यस्तै घटनामा संलग्न आर्मीका अर्का खेलाडी दुर्गा खड्कालाई सचेत गराइएको छ । घटनामा संलग्न रहेको भन्दै आर्मी तथा राष्ट्रिय टिमका कप्तान रहेका हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको छ । महासचिव श्रेष्ठका अनुसार हरिहजुरले घटनालाई साम्य पार्नुको सट्टा बढाएको भन्दै कप्तान हुन योग्य हुन नसक्ने ठहर गरिएको छ ।

 

घटना भएपछि नेपाल भलिबल संघले ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । जसमा महासचिव श्रेष्ठ संयोजक थिए । श्रेष्ठका अनुसार छानविन समितिले गरेको सिफारिसको आधारमा नेपाल भलिबल संघको कार्यसमितिले खेलाडीलाई कारबाही गर्ने निर्णय शनिबार राति गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...