YouTube Link

युरो कप छनोटमा इंग्ल्याण्डको तेस्रो जित

World Cup 2026
Facebook Link

एजेन्सी: युरो कप छनोट अन्तर्गतको खेलमा इंग्ल्याण्डले तेस्रो जित निकालेको छ । शनिबार राती भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै तेस्रो जित निकालेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे ।

यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे । घरेलु मैदान वेम्बली स्टेडियममा पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा पेनाल्टीमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २-० को अग्रता दिलाए । ५५औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्याण्डलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा इंग्ल्याण्डले ४-० को जित निकाल्यो । जितसँगै समूह ‘ए’ को इंग्ल्याण्डले ३ खेलबाट ९ अंक जोडेको छ । अपराजित रहेको इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...