आइसीसीको वार्षिक सभाले गर्यो ऐतिहासिक निर्णय, अबदेखि पुरुष र महिला क्रिकेट टोलीले समान पुरस्कारको राशी पाउने
वि.सं.२०८० असार २९ शुक्रवार १४:२८
1.8K
shares
एजेन्सीः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले महिला र पुरुष क्रिकेट टोलीलाई बराबर पुरस्कार रकम दिने घोषणा गरेको छ ।
दक्षिण अफ्रिकाको डरबनमा भएको आइसीसीको वार्षिक सभाले यो निर्णय गरेको हो । खेल क्षेत्रमा महिला र पुरुषले पाउने पुरस्कार राशीमा निकै असमानता भइरहेको भन्दै आलोचना भइरहेको बेला आइसीसीले यो ऐतिहासिक निर्णय गरेको हो ।
आइसीसीका अनुसार अब पुरुष र महिलाले एकै किसिमका प्रतियोगितामा विजय भए पाउने पुरस्कारसँगै अन्य पुरस्कार वापत् पाउने रकम बराबर हुनेछ । यसअघि पुरुष क्रिकेट टोलीले बढी पुरस्कार पाउने गर्थ्यो ।
यससँगै अब आइसीसी वुमेन्स वर्ल्ड कपका विजेताले पनि आइसीसी मेन्स वर्ल्ड कप विजेताले पाउने रकम बराबर पुरस्कार राशी पाउने छन् । यो नियम टी-२० विश्वकप र अन्डर-१९ प्रतियोगितामा पनि लागू हुनेछ ।
वि.सं.२०८० असार २९ शुक्रवार १४:२८




















