YouTube Link

साफमा पाकिस्तानमाथि नेपालको सान्तवना जित

Facebook Link

काठमाडौं: साफ च्याम्पियनसिप २०२३ मा नेपालले अन्तिम खेलमा पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै सान्तवना जितसहित प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

नेपालका लागि आशिष चौधरीले खेलको अन्त्यतिर गोल गर्दै नेपाललाई जित दिलाएका थिए । नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित भएको थियो । पाकिस्तानले भने दुवै खेलमा ४-० को हार व्यहोरेको थियो ।

पहिलो हाफको अन्त्यमा विमल घर्तीमगरले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार सिधै गोलरक्षकको हातमा गएको थियो । खेलको ६१ औं मिनेटमा मनिष डाँगीको प्रहारलाई पाकिस्तानी गोलरक्षकले विफल पारे ।

खेलको ८०औं मिनेटमा आशिष चौधरीले नेपाललाई अग्रता दिलाए । लाकेन लिम्बुले पेनाल्टी क्षेत्र बाहिरबाट मिलाइदिएको पासलाई आशिषले गोलमा परिणत गरे ।

इन्ज्युरी समयको पहिलो मिनेटमा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । लाकेन लिम्बु र नवयुग श्रेष्ठको ६ यार्ड बक्स भित्रबाट लगातारको प्रहार गोल हुन सकेन ।

यस समूहबाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यी दुईबीच समूह विजेता बन्न आज साँझ ७:४५ बजे प्रतिस्पर्धा हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...