YouTube Link

मुम्बई इन्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि

Facebook Link

एजेन्सी: पहिलो संस्करणको महिला प्रिमियर लिगको उपाधि  मुम्बई इन्डियन्सले जितेको छ ।  गएराति भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।  दिल्लीका लागि कप्तान मेग लेनिङले सर्वाधिक ३५ रन बनाइन । शिखा पान्डे २७ रनमा अविजित रहिन् । दिल्लीलाई सस्तैमा समेट्न हेली म्याथ्यु र इसी वोङले ३–३ विकेट लिए । एमेलिया कौरले २ विकेट हात पारिन् ।

जवाफीमा मुम्बईले १९ ओभर ३ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको मुम्बईका यासिका भाट ४ र म्याथ्युज १३ रनमा आउट भएका थिए ।  कप्तान हर्मनप्रित कौर ३७ रनमा रन आउट भइन् । नाट सिभर ब्रन्टले ५५ बलमा अविजित ६० रन बनाउँदै मुम्बईलाई च्याम्पियन बनाइन् ।

लिग चरणमा दिल्लीसँग व्यहोरेको हारको बदला मुम्बईले फाइनलमा लियो । उपाधिसँगै मुम्बईले ६ करोड र उपविजेता दिल्लीले ३ करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

भारतीय क्रिकेट बोर्डले आयोजना गरेको इन्डियन प्रिमियर लिग आईपीएल सरहको फ्रेन्चाइज महिला लिगमा ६ टोलीको सहभागिता थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...