YouTube Link

मुम्बई इन्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि

Facebook Link

 

एजेन्सी: पहिलो संस्करणको महिला प्रिमियर लिगको उपाधि  मुम्बई इन्डियन्सले जितेको छ ।  गएराति भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

 

टस जितर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।  दिल्लीका लागि कप्तान मेग लेनिङले सर्वाधिक ३५ रन बनाइन । शिखा पान्डे २७ रनमा अविजित रहिन् । दिल्लीलाई सस्तैमा समेट्न हेली म्याथ्यु र इसी वोङले ३–३ विकेट लिए । एमेलिया कौरले २ विकेट हात पारिन् ।

 

जवाफीमा मुम्बईले १९ ओभर ३ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको मुम्बईका यासिका भाट ४ र म्याथ्युज १३ रनमा आउट भएका थिए ।  कप्तान हर्मनप्रित कौर ३७ रनमा रन आउट भइन् । नाट सिभर ब्रन्टले ५५ बलमा अविजित ६० रन बनाउँदै मुम्बईलाई च्याम्पियन बनाइन् ।

 

लिग चरणमा दिल्लीसँग व्यहोरेको हारको बदला मुम्बईले फाइनलमा लियो । उपाधिसँगै मुम्बईले ६ करोड र उपविजेता दिल्लीले ३ करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

 

भारतीय क्रिकेट बोर्डले आयोजना गरेको इन्डियन प्रिमियर लिग आईपीएल सरहको फ्रेन्चाइज महिला लिगमा ६ टोलीको सहभागिता थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...