वेष्ट ईण्डिजमाथि लगातार दोस्रो जित निकाल्दै भारतद्वारा तीन खेलका टि-ट्वान्टी श्रृंखला कब्जा
वि.सं.२०७६ साउन २० सोमवार ०९:१२
795
sharesएजेन्सी: वेस्ट ईन्डिज विरुद्वको तिन टी-२० खेलको श्रृंखला भारतले जितेको छ । फ्लोरिडामा भएको दोस्रो खेलमा वेस्ट ईन्डिजलाई डकवर्थ लुईसको आधारमा २२ रनले हराउँदै भारतले श्रृंखला कब्जा गरेको हो ।
भारतले तीन म्याचको श्रृंखलामा २-० को अग्रता बनाएको छ । योसँगै भारतले वेस्ट ईन्डिजविरुद्व दोस्रो सिरिज जित्न पनि सफल रह्यो । यस खेलमा भारतका रोहित शर्माले अन्तर्राष्ट्रिय ट-२०मा सबैभन्दा धेरै छक्का प्रहार गर्ने किर्तिमान बनाएका छन् । उनले ९६ खेलमा एक सय सात छक्का प्रहार गर्दै यसअघि वेष्ट ईण्डिजका क्रिस गेलको नाममा रहेको एक सय पाँच छक्काको किर्तिमान भंग गरेका हुन् । गेलले ५८ खेलमा उक्त संख्याको छक्का प्रहार गरेका थिए ।
पछिल्लो पटक सन् २०१८ मा घरेलु मैदानमा भारतले वेस्ट ईन्डिजलाई ३-० ले हराएको थियो । भारतले ८ बर्षपछि विदेशमा वेस्ट ईन्डिजविरुद्व सिरिज जित्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २०११ मा वेस्ट ईन्डिजविरुद्वको सिरिज १-० ले जितेको थियो । भारतीय टिमले वेस्ट ईन्डिजलाई लगातार पाँचौ खेलमा समेत हराएको छ । भारत र वेस्ट ईन्डिजबिचको तेश्रो तथा अन्तिम टि ट्वेन्टी खेल हुनेछ ।
वि.सं.२०७६ साउन २० सोमवार ०९:१२