YouTube Link

ग्रिनल्याण्ड, लालिगुँरास र रिलायन्सलाई आठौं गोल्डेनपिक अन्तर बिद्यालय बास्केटबलको उपाधि

Facebook Link

काठमाडौंः चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलको आयोजनामा आठौं गोल्डेनपिक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता गत शुक्रबार सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत उपाधि भिडन्तमा ग्रिनल्याण्ड, लालिगुराँस र रिलायन्सले सफलता हात पारे । सिनियर ब्वाईजको उपाधि प्रतिस्पर्धामा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिकलाई ४६–४२ को स्कोरले कठिन जित निकाल्यो । जितमा ग्रिनल्याण्डका लागि राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरे ।

त्यसैगरी जुनियर व्वाइज तर्फको खेलमा लालिगुराँसले उपाधि कब्जा ग¥यो । दिपेश क्षेत्रीको उत्कृष्ट ११ स्कोरको मद्दतमा लालिगुराँसले एञ्जलहार्ट स्कुललाई ३६–३३ को स्कोरले पराजति गर्यो । दिपेश जुनियर व्वाईजबाट उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै गल्र्सको उपाधी रिलायन्स पब्लिकले जित्न सफल भयो । उपाधि भिडन्तमा रिलायन्स पब्लिकले गोल्डेनपिक हाई स्कुललाई १४–१० को स्कोरले कठिन जित निकाल्यो । रिलायन्सको जितमा ओजस्वी निरौलाले ११ स्कोर गरेर उत्कृष्ट खेलाडी चुनिईन् ।

 

 

प्रतियोगितामा आयोजक गोल्डेनपिक स्कुलका खेलाडीले हाई स्कोररको तीनै विधाको उपाधि हात पार्न सफल भयो । सिनियर तर्फ गोपाल भण्डारी, जुनियर व्वाइजतर्फ सुविन तामाङ र गल्र्स तर्फ दावा छिन्जुम शेर्पाले प्रतियोगिता अवधि भर सर्वाधिक स्कोर गरेका थिए । प्रतियोगितामा सिनियर तर्फ भ्यालिपब्लिक स्कुलका सक्रिय अधिकारी उत्कृष्ट थ्रि प्वाइन्टर चुनिदा जुनियर व्वाइजतर्फ एञ्जलहार्टका दिवस गर्वुजा चुनिए । त्यस्तै गल्र्स तर्फबाट उदयमान खेलाडीको उपाधि आयोजक गोल्डेपिक स्कुलकी इमोनिका राईले हात पार्न सफल भईन ।

 

ईमोनिका राई
ईमोनिका राई

प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, पत्रकार तथा लेखक दामोदर न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन कुमार खत्री, उपत्यका प्यावसन अध्यक्ष थकिन कुमार गुरुङ, प्राचार्य छत्रमणि राई, टोल सुधार समितिका अध्यक्ष रघुविर भण्डारी लगायतले मेडल, प्रमाण–पत्र, ट्रफि तथा अन्य पुरस्कारहरु वितरण गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...