YouTube Link

आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबलको समिफाईनल समिकरण पुरा, उपाधि भिडन्त भोलि

World Cup 2026
Facebook Link

काठमाडौं: आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाईनलका खेलहरुको सेमिकरण पुरा भएको छ । उपाधिको छिनोफानो भोलि अर्थात शुक्रबार हुँदैछ । चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलको कोर्टमा आज भएको सेमिफाईनल खेलमा सिनियर ब्वाईजतर्फ गोल्डेन पिक हाई स्कुल र जुनियर तर्फ एञ्जलहार्ट फाईनलमा प्रवेश गरेका छन् ।

चावहिलस्थित सरस्वतिनगरको गोल्डेनपीक हाईस्कुलको कोर्टमा आज भएको सेमिफाइनल खेलमा सिनियर व्वाइजतर्फ आयोजक गोल्डेन पिक हाई स्कुलले हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमीलाई ५०–३९ को स्कोरमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । त्यस्तै ग्रिनल्याण्ड स्कुलले भ्याली पब्लिकलाई ४२–३० को स्कोरमा पराजित गर्दै उपाधि भिडन्तको यात्रा तय गरेको हो ।

गोल्डेन पिकको जितमा गोपाल भण्डारीले सर्वाधिक २९ स्कोर गर्दा ग्रिनल्याण्डका लागि राजिव आलेले २६ स्कोर गरेका थिए । सिनियर व्वाईज तर्फ गोल्डेन पिक र ग्रिनल्याण्डबीच उपाधि भिडन्त हुनेछ ।

 

 

त्यसैगरी जुनियर व्याईज तर्फको सेमिफाईनल खेलमा एन्जलहार्टद्वारा गोल्डेनपिक ३०–२४ को स्कोरले स्तब्ध हुन पुग्यो । जितसँगै एञ्जलहार्टका सुरज मल्लले सर्वाधिक १२ स्कोरको योगदान दिए । त्यस्तै अर्को जुनियर तर्फ भएको खेलमा लालिगुँरासले विएनएलाई ४२—२३ को भारी अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो । जितमा लालिगुँरासका रोशन घलेले सर्वाधिक ११ स्कोर बनाए । जुनियर व्वाइज तर्फ लालिगुँरास र एञ्जलहार्ट उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

 

 

यसैगरी गर्ल्स तर्फ अन्तर्गत आज भएको खेलमा आयोजक गोल्डेनपिक हाई स्कुल फाइनलमा प्रवेश गरेको छ । गोल्डेनपिकले ह्वीज किड्सलाई २२—११ को स्कोर अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । यसैबीच गर्ल्स तर्फ नै रिलायन्स पब्लिकले हिमशिलालाई १७—१० को स्कोरले पराजित गरेको छ । जितका लागि गोल्डेनपिकका दावा शेर्पाले सर्वाधिक १५ स्कोर गर्दा रिलायन्स पब्लिकका ओजस्वी निरौलाले ११ स्कोर गरिन ।

प्रतियोगिताको अन्तिम दिन शुक्रबार उपाधि विजेतालाई ट्रफि, मेडल, वेष्ट प्लेयर, हाई स्कोरर, र थ्री पोइन्टर सहित प्रमाण पत्रहरु वितरण गरिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...