YouTube Link

आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबलको समिफाईनल समिकरण पुरा, उपाधि भिडन्त भोलि

Khanepani Dhal
Facebook Link

काठमाडौं: आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाईनलका खेलहरुको सेमिकरण पुरा भएको छ । उपाधिको छिनोफानो भोलि अर्थात शुक्रबार हुँदैछ । चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलको कोर्टमा आज भएको सेमिफाईनल खेलमा सिनियर ब्वाईजतर्फ गोल्डेन पिक हाई स्कुल र जुनियर तर्फ एञ्जलहार्ट फाईनलमा प्रवेश गरेका छन् ।

चावहिलस्थित सरस्वतिनगरको गोल्डेनपीक हाईस्कुलको कोर्टमा आज भएको सेमिफाइनल खेलमा सिनियर व्वाइजतर्फ आयोजक गोल्डेन पिक हाई स्कुलले हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमीलाई ५०–३९ को स्कोरमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । त्यस्तै ग्रिनल्याण्ड स्कुलले भ्याली पब्लिकलाई ४२–३० को स्कोरमा पराजित गर्दै उपाधि भिडन्तको यात्रा तय गरेको हो ।

गोल्डेन पिकको जितमा गोपाल भण्डारीले सर्वाधिक २९ स्कोर गर्दा ग्रिनल्याण्डका लागि राजिव आलेले २६ स्कोर गरेका थिए । सिनियर व्वाईज तर्फ गोल्डेन पिक र ग्रिनल्याण्डबीच उपाधि भिडन्त हुनेछ ।

 

 

त्यसैगरी जुनियर व्याईज तर्फको सेमिफाईनल खेलमा एन्जलहार्टद्वारा गोल्डेनपिक ३०–२४ को स्कोरले स्तब्ध हुन पुग्यो । जितसँगै एञ्जलहार्टका सुरज मल्लले सर्वाधिक १२ स्कोरको योगदान दिए । त्यस्तै अर्को जुनियर तर्फ भएको खेलमा लालिगुँरासले विएनएलाई ४२—२३ को भारी अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो । जितमा लालिगुँरासका रोशन घलेले सर्वाधिक ११ स्कोर बनाए । जुनियर व्वाइज तर्फ लालिगुँरास र एञ्जलहार्ट उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

 

 

यसैगरी गर्ल्स तर्फ अन्तर्गत आज भएको खेलमा आयोजक गोल्डेनपिक हाई स्कुल फाइनलमा प्रवेश गरेको छ । गोल्डेनपिकले ह्वीज किड्सलाई २२—११ को स्कोर अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । यसैबीच गर्ल्स तर्फ नै रिलायन्स पब्लिकले हिमशिलालाई १७—१० को स्कोरले पराजित गरेको छ । जितका लागि गोल्डेनपिकका दावा शेर्पाले सर्वाधिक १५ स्कोर गर्दा रिलायन्स पब्लिकका ओजस्वी निरौलाले ११ स्कोर गरिन ।

प्रतियोगिताको अन्तिम दिन शुक्रबार उपाधि विजेतालाई ट्रफि, मेडल, वेष्ट प्लेयर, हाई स्कोरर, र थ्री पोइन्टर सहित प्रमाण पत्रहरु वितरण गरिनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...