YouTube Link

अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर ब्वाईजतर्फ गोल्डेन पिक र भ्याली पब्लिक उपाधि नजिक

Facebook Link

काठमाडौं: चावहिल सरस्वतीनगरस्थित आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईजतर्फ गोल्डेन पिक हाई स्कुल र भ्यालि पब्लिक स्कुल सेमिफाईनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक गोल्डेन पिक हाई स्कुलले बसुन्धारा नेसनल एकेडेमीमाथि ५८-४१ को स्कोरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । त्यस्तै भ्याली पब्लिकले रिलायन्स इन्टरनेसनललाई ५६-३५ को स्कोरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । गोल्डेन पिकको जितमा गोपाल भण्डारीले सर्वाधिक ३२ स्कोर गर्दा भ्याली पब्लिकका राहुल विकले २४ स्कोरको योगफल दिए ।

त्यस्तै सिनियर तर्फ एचएचसिएले रिलायन्स पब्लिकलाई ५३-४१ को स्कोरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो भने ग्रिनल्याण्डले गोल्डेन पिक ‘वि’ टिममाथि २७-११ को स्कोरले पराजित गर्यो । जितमा एचएचसिएका लागि अंशु राईले सर्वाधिक १६ स्कोर तथा ग्रिनल्याण्डका लागि अनिसले ७ स्कोर बनाए ।

 

 

त्यसैगरी जुनियर व्याईज तर्फको खेलमा गोल्डेन पिकले ज्ञानमालालाई ३२–२४ को स्कोरमा पराजित गर्दा सुविन तामाङले सर्वाधिक २२ स्कोर बनाए भने एन्जलहार्टले ओडिसिलाई २७-२२ स्कोर अन्तरले हराउँदा शेखर मगरले ११ स्कोर बनाए । जितसँगै यी दुई टोली अन्तिम चारमा प्रवेश गरेका छन् । त्यस्तै जुनियर ब्वाईजमा एलएनएले इडनब्रीजलाई २७-१५ को स्कोरमा हरायो भने विएनएले र हिमशिलालाई २१-१२ को अन्तरमा हराउदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा सिनियर व्वाइजतर्फ जुनियर ब्वाइजतर्फ गोल्डेन पिक र एचएचसिए, ग्रिनल्याण्ड र भ्याली पब्लिक फाईनल प्रवेशका लागि खेल्नेछन् भने जुनियर व्याइज तर्फ गोल्डेन पिक र एञ्जलहार्ट, लालिगुँरास र विएनए खेल्नेछन् । त्यस्तै सिनियर गर्ल्समा गोल्डेन पिक र ह्वीज किड्स, रिलायन्स पव्लिक र हिमशिला सेमिफाइनलमा खेल्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...