YouTube Link

अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर ब्वाईजतर्फ गोल्डेन पिक र भ्याली पब्लिक उपाधि नजिक

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: चावहिल सरस्वतीनगरस्थित आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईजतर्फ गोल्डेन पिक हाई स्कुल र भ्यालि पब्लिक स्कुल सेमिफाईनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक गोल्डेन पिक हाई स्कुलले बसुन्धारा नेसनल एकेडेमीमाथि ५८-४१ को स्कोरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । त्यस्तै भ्याली पब्लिकले रिलायन्स इन्टरनेसनललाई ५६-३५ को स्कोरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । गोल्डेन पिकको जितमा गोपाल भण्डारीले सर्वाधिक ३२ स्कोर गर्दा भ्याली पब्लिकका राहुल विकले २४ स्कोरको योगफल दिए ।

त्यस्तै सिनियर तर्फ एचएचसिएले रिलायन्स पब्लिकलाई ५३-४१ को स्कोरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो भने ग्रिनल्याण्डले गोल्डेन पिक ‘वि’ टिममाथि २७-११ को स्कोरले पराजित गर्यो । जितमा एचएचसिएका लागि अंशु राईले सर्वाधिक १६ स्कोर तथा ग्रिनल्याण्डका लागि अनिसले ७ स्कोर बनाए ।

 

 

त्यसैगरी जुनियर व्याईज तर्फको खेलमा गोल्डेन पिकले ज्ञानमालालाई ३२–२४ को स्कोरमा पराजित गर्दा सुविन तामाङले सर्वाधिक २२ स्कोर बनाए भने एन्जलहार्टले ओडिसिलाई २७-२२ स्कोर अन्तरले हराउँदा शेखर मगरले ११ स्कोर बनाए । जितसँगै यी दुई टोली अन्तिम चारमा प्रवेश गरेका छन् । त्यस्तै जुनियर ब्वाईजमा एलएनएले इडनब्रीजलाई २७-१५ को स्कोरमा हरायो भने विएनएले र हिमशिलालाई २१-१२ को अन्तरमा हराउदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा सिनियर व्वाइजतर्फ जुनियर ब्वाइजतर्फ गोल्डेन पिक र एचएचसिए, ग्रिनल्याण्ड र भ्याली पब्लिक फाईनल प्रवेशका लागि खेल्नेछन् भने जुनियर व्याइज तर्फ गोल्डेन पिक र एञ्जलहार्ट, लालिगुँरास र विएनए खेल्नेछन् । त्यस्तै सिनियर गर्ल्समा गोल्डेन पिक र ह्वीज किड्स, रिलायन्स पव्लिक र हिमशिला सेमिफाइनलमा खेल्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...