YouTube Link

पाकिस्तानी सेनाको विमान रावलपिन्डीनजिकै दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु

Facebook Link

एजेन्सी: पाकिस्तानी सेनाको एउटा सानो विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा हताहत हुनेमा चालकदलका पाँच सदस्य र १० सर्वसाधारण मानिस रहेको बताइएको छ । अरू १२ जना घाइते भएका छन् । उक्त विमान तालिमका लागि उडाइएको जनाईएको छ । दुर्घटनामा परेपछि आगो लागेर केही घरहरूमा पनि आगो फैलिएको थियो ।

राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ । शोकाकुल र स्तब्ध स्थानीय मानिसहरू दुर्घटना भएको क्षेत्रमा भेला भएको समाचारसंस्था एएफपीले जनाएको छ । त्यहाँबाट प्राप्त तस्बिरमा धुँवाले कालो भएका भवनहरूको भग्नावशेष देखिन्छ ।

सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबाद नजिकै दुर्घटनाग्रस्त हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो । त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

वि.सं.२०८१ भदौ २६ बुधवार १७:०७

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा...

नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद बैठक अवरोध गरेपछि स्थगित, बैठक भदौ ३० गते दिउँसो बस्ने

नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद बैठक अवरोध गरेपछि स्थगित, बैठक भदौ ३० गते दिउँसो बस्ने

वि.सं.२०८१ भदौ २६ बुधवार १६:५२

काठमाडौं: प्रतिनिधिसभा बैठक भदौ ३० गते दिउँसो १ बजे बस्ने...

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:३६

एजेन्सीः ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:१२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभामा...

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

वि.सं.२०८१ भदौ २४ सोमवार १५:१६

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधान सेनापतिलाई महारथीको दर्ज्यानी चिन्ह प्रदान

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधान सेनापतिलाई महारथीको दर्ज्यानी चिन्ह प्रदान

वि.सं.२०८१ भदौ २४ सोमवार १३:२७

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली...