YouTube Link

ग्लोबल टी-२० अन्तर्गत टोरन्टो नेसनल्स विनिपेग होक्ससँग ३ विकेटले पराजित

World Cup 2026
Facebook Link

एजेन्सी: ग्लोबल टी-२० अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले दोस्रो हार ब्यहोरेको छ । सोमबार राती भएको खेलमा टोरन्टो विनिपेग होक्ससँग ३ विकेटले पराजित भएको हो । टोरन्टोले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य विनिपेगले ७ विकेट गुमाएर पुरा गर्यो ।

क्रिस लेनको विस्फोटक ८९ रनको मदतमा विनिपेगले जित हासिल गरेको हो । उनले ४८ बलमा २ चौका र १० छक्काको मदतले सो रन बनाएका थिए । सन्नी सोयलले समेत ५८ रनको अर्धसतकिय ईनिङ्स खेले । साईमन अनवारले ४३ रनको योगदान दिए । अन्य खेलाडीले दोहरो अंकको स्कोर भने छुन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । रोड्रिगो थोमसले ६५ र किरण पोलार्डले ५२ रनको सहयोगमा टोरन्टोले समेत ठुलो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । कप्तान युवराज सिहले समेत ४५ रनको योगदान गरेका थिए । हारपछि सन्दीपको टोरन्टो ३ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । विनिपेग ४ अंक सहित दोस्रो स्थानमा छ ।

विनिपेग नेपाली फास्ट बलर सोमपाल कामी सम्मिलित टिम हो । सोमपाल पहिलो विदेशी फ्रेन्चाईज लिग खेल्न क्यानडामा छन् । गएरातीको खेलमा दुवै खेलाडीले मौका भने पाएनन् । दुवै खेलाडी बेन्चमा रहेर खेल हेरेका थिए । विश्वकप छनोटको एसिया फाईनल खेलेर दुवै खेलाडी क्यानडा पुगेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...