YouTube Link

ग्लोबल टी-२० अन्तर्गत टोरन्टो नेसनल्स विनिपेग होक्ससँग ३ विकेटले पराजित

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: ग्लोबल टी-२० अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले दोस्रो हार ब्यहोरेको छ । सोमबार राती भएको खेलमा टोरन्टो विनिपेग होक्ससँग ३ विकेटले पराजित भएको हो । टोरन्टोले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य विनिपेगले ७ विकेट गुमाएर पुरा गर्यो ।

क्रिस लेनको विस्फोटक ८९ रनको मदतमा विनिपेगले जित हासिल गरेको हो । उनले ४८ बलमा २ चौका र १० छक्काको मदतले सो रन बनाएका थिए । सन्नी सोयलले समेत ५८ रनको अर्धसतकिय ईनिङ्स खेले । साईमन अनवारले ४३ रनको योगदान दिए । अन्य खेलाडीले दोहरो अंकको स्कोर भने छुन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । रोड्रिगो थोमसले ६५ र किरण पोलार्डले ५२ रनको सहयोगमा टोरन्टोले समेत ठुलो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । कप्तान युवराज सिहले समेत ४५ रनको योगदान गरेका थिए । हारपछि सन्दीपको टोरन्टो ३ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । विनिपेग ४ अंक सहित दोस्रो स्थानमा छ ।

विनिपेग नेपाली फास्ट बलर सोमपाल कामी सम्मिलित टिम हो । सोमपाल पहिलो विदेशी फ्रेन्चाईज लिग खेल्न क्यानडामा छन् । गएरातीको खेलमा दुवै खेलाडीले मौका भने पाएनन् । दुवै खेलाडी बेन्चमा रहेर खेल हेरेका थिए । विश्वकप छनोटको एसिया फाईनल खेलेर दुवै खेलाडी क्यानडा पुगेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...