YouTube Link

रुसमा खुला निर्वाचन हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका १४ सय प्रदर्शनकारी पक्राउ

Facebook Link

एजेन्सी: रूसी प्रहरीले मस्कोमा प्रदर्शनमा उत्रिएका १४ सय प्रदर्शनकारीलाई पक्राउ गरेको छ । खुला निर्वाचन हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई पक्राउ गरेको एएफपीले जनाएको छ । प्र

मुख विपक्षी दलका नेतालाई चुनावमा सहभागी हुन नदिइएपछि करिब ३५ सयभन्दा बढी सहभागीले प्रदर्शनमा उत्रिएका थिए । मतदान हुनुभन्दा केही दिन अघि उक्त निर्णय फिर्ता गर्न माग राख्दै २२ हजारभन्दा बढी स्थानीय सडमा उत्रिएका थिए । तर, सरकारले उक्त माग सुनुवाई नगरेपछि आक्रोशित जनताले प्रदर्शनलाई सशक्त रुपमा अघि बढाएका थिए ।

युरोपियन युनियनले एक विज्ञप्ति जारी गर्दै रुसी सरकारको ‘शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक बल प्रयोग गरेको’ भन्दै भर्त्सना गरेको छ । अभिव्यक्ति स्वतन्त्रता, संस्था र संसदको अवमूल्यन भएको विज्ञप्तिमा भनिएको छ । स्वतन्त्र आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै एम्नेस्टी इन्टरनेशनले पनि निन्दा गरेको छ । उक्त र्‍यालीपछि अघिल्लो साता अनुसन्धानकर्ताहरुले अयोग्य उमेदवारका घर र पार्टी कार्यालयमा छापा हानेको थियो ।

पछिल्लो प्रदर्शनमा संलग्नता भएको पाइएपछि एलेक्सेइ नाभाल्नीलाई ३० दिनको जेल सजाय गरिएको थियो । शनिबारको बैठकपछि सम्भावित उमेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सन् २०१२ पछिको सबभन्दा उच्च संख्यामा सहभागिता जनाइएको प्रदर्शन भएको बताइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२०

काठमाडौं: नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु...

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले गरे २२ जनाको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले गरे २२ जनाको हत्या

वि.सं.२०८१ भदौ १० सोमवार १२:५०

एजेन्सीः पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार २२ जनाको गोली हानी...

विहारमा नेपाली तीर्थयात्री बोकेको ट्रकसँग बस ठोक्किए दुर्घटना, ३६ जना घाइते, ८ को अवस्था गम्भीर

विहारमा नेपाली तीर्थयात्री बोकेको ट्रकसँग बस ठोक्किए दुर्घटना, ३६ जना घाइते, ८ को अवस्था गम्भीर

वि.सं.२०८१ भदौ ९ आइतवार १३:०९

एजेन्सीः छिमेकी राष्ट्र भारतको विहारस्थित समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री बोकेको...

आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले गरे भारत बन्दको आह्वान

आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले गरे भारत बन्दको आह्वान

वि.सं.२०८१ भदौ ५ बुधवार ११:३७

एजेन्सीः आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले भारत...

पेटोङटार्न सिनावात्रा बनिन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

पेटोङटार्न सिनावात्रा बनिन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

वि.सं.२०८१ साउन ३२ शुक्रवार १४:१३

एजेन्सीः थाइल्यान्डको संसदले देशका पूर्व प्रधानमन्त्री तथा अरबपति व्यापारी थाक्सिन...

बंगलादेशमा हिंसात्मक प्रदर्शन उग्र बन्दै,  एकैदिन मारिए ९१ जना, प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग

बंगलादेशमा हिंसात्मक प्रदर्शन उग्र बन्दै,  एकैदिन मारिए ९१ जना, प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग

वि.सं.२०८१ साउन २१ सोमवार १२:०४

एजेन्सीः बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन उग्र बन्दै गएको...