YouTube Link

ओडिसी र बिएनए आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबलको क्वाटरफाईनलमा

World Cup 2026
Facebook Link

काठमाडौं: आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा ओडिसी र बिएनए स्कुल जुनियर ब्वाईजतर्फ क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

आईतबार भएको लिग खेलमा ओडिसीले जुगल बोडिङ स्कुललाई २६-१० ले हराउँदा बसुन्धरा नेश्नल एकेडेमी(बिएनए)ले जगत मन्दिरलाई ३५-१४ को स्कोरले पछि पार्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका हुन ।

ओडिसीको जितमा दिलसन मगरले १० स्कोर गर्दा बिएनएका सन्देश खड्काले सर्वाधिक १२ स्कोर गरेका थिए । जुनियर ब्वाईजतर्फ नै लालिगुराँस र एन्जल्सर्हाटले जित निकालेका छन् ।

चावहिल सरस्वतीनगरस्थित गोल्डेनपीक हाईस्कुलको कोर्टमा भएको सिनियर ब्वाईजको खेलमा ग्रिनल्याण्ड र एचएचसीएले जित निकालेका छन् । ग्रीनल्याण्डले वेबीलोन नेशनल स्कुललाई ६३-४० को फराकिलो अन्तरले पराजित गर्यो ।

ग्रिनल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका राजिब आलेले सर्वाधिक ३३ स्कोर गरेका थिए । अन्सु राईको १२ स्कोरको सहयोगमा एचएचसीएले अक्षर एकेडेमीमाथी ४३-३९ स्कोरको सघर्षपूर्ण जित निकाल्यो ।

सिनियर गर्ल्सको एक मात्र खेलमा रिलायन्स पब्लिकले आयरल्याण्ड एकेडेमीलाई १६-१० को स्कोरमा हराउँदा ओजस्वी निरौलाले सर्वाधिक १२ स्कोर गरिन् ।

प्रतियोगितामा जुनियर ब्वाइज तर्फ १२ टिम, सिनियर गर्ल्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गर्ल्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगबाट प्रतियोगिता सञ्चालन भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...