YouTube Link

ओडिसी र बिएनए आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबलको क्वाटरफाईनलमा

Khanepani Dhal
Facebook Link

काठमाडौं: आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा ओडिसी र बिएनए स्कुल जुनियर ब्वाईजतर्फ क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

आईतबार भएको लिग खेलमा ओडिसीले जुगल बोडिङ स्कुललाई २६-१० ले हराउँदा बसुन्धरा नेश्नल एकेडेमी(बिएनए)ले जगत मन्दिरलाई ३५-१४ को स्कोरले पछि पार्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका हुन ।

ओडिसीको जितमा दिलसन मगरले १० स्कोर गर्दा बिएनएका सन्देश खड्काले सर्वाधिक १२ स्कोर गरेका थिए । जुनियर ब्वाईजतर्फ नै लालिगुराँस र एन्जल्सर्हाटले जित निकालेका छन् ।

चावहिल सरस्वतीनगरस्थित गोल्डेनपीक हाईस्कुलको कोर्टमा भएको सिनियर ब्वाईजको खेलमा ग्रिनल्याण्ड र एचएचसीएले जित निकालेका छन् । ग्रीनल्याण्डले वेबीलोन नेशनल स्कुललाई ६३-४० को फराकिलो अन्तरले पराजित गर्यो ।

ग्रिनल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका राजिब आलेले सर्वाधिक ३३ स्कोर गरेका थिए । अन्सु राईको १२ स्कोरको सहयोगमा एचएचसीएले अक्षर एकेडेमीमाथी ४३-३९ स्कोरको सघर्षपूर्ण जित निकाल्यो ।

सिनियर गर्ल्सको एक मात्र खेलमा रिलायन्स पब्लिकले आयरल्याण्ड एकेडेमीलाई १६-१० को स्कोरमा हराउँदा ओजस्वी निरौलाले सर्वाधिक १२ स्कोर गरिन् ।

प्रतियोगितामा जुनियर ब्वाइज तर्फ १२ टिम, सिनियर गर्ल्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गर्ल्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगबाट प्रतियोगिता सञ्चालन भएको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

वि.सं.२०८१ फागुन ६ मंगलवार १३:४६

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै...

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२

काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल...

खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट

खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट

वि.सं.२०८१ फागुन ५ सोमवार ०९:०१

खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण...

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला...