YouTube Link

फिफा विश्वकपमा आज उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

Facebook Link

 

काठमाडौं: कतार फिफा विश्वकप २०२२ को फाइनलमा आज साविकको विजेता फ्रान्सले उपाधिको बलियो दावेदार अर्जेन्टिनासँग खेल्दैछ ।

 

यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेपछि लुसेल आइकोनिक रंगशालामा हुनेछ । अर्जेन्टिना र फ्रान्स उपाधिका लागि आमाने सामाने हुँदा दुवै टोली तेस्रो पल्ट विश्वको च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

 

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । यसअघि सन् १९३४ र १९३८ मा इटाली, १९५८ र १९६२ मा ब्राजिल, १९७४ र १९७८ मा नेदरल्यान्ड्स, १९८६ र १९९० मा अर्जेन्टिनाले लगातार दुई पटक फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै १९८२, १९८६ र १९९० मा जर्मनीले तथा १९९४, १९९८ र २००२ मा ब्राजिलले लगातार तीन पटक फाइनल खेलेको छ ।

 

पछिल्लो पटक २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो ।

 

३५ वर्षीय मेस्सी जसरी भएपनि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएरै खेल जीवनबाट विश्राम लिने तयारीमा छन् । उनले यस विश्वकपको फाइनल नै आफ्नो अन्तिम विश्वकप रहेको बताइसकेका छन् ।

 

उनी गोल्डेन बुटका मुख्य दाबेदार पनि हुन् । उनले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन् । सन् २००६ देखि २०२२ सम्म उनले लगातार पाँच विश्वकप खेल्दै ११ गोल गरिसकेका छन् । फ्रान्सविरुद्धको फाइनल खेलमा कप्तान मेस्सीले विश्वकपमा अर्को कीर्तिमान बनाउनेछन् ।

 

विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान पनि मेस्सीको नाममा रहनेछ । यसअघि जर्मनीका म्याथ्युले विश्वकपमा २५ खेल खेल्दै कीर्तिमान बनाएका थिए । अब फ्रान्सविरुद्धको खेलसँगै उनले कुल २६ खेल पुर्याएर कीर्तिमान बनाउनेछन् ।

 

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ ।

 

यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।

 

अर्जेन्टिना र फ्रान्सले सेमिफाइनलमा सहज जित समेत निकालेको थियो । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएको थियो ।

 

अर्जेन्टिनाको फाइनल यात्रा

समूह चरण

साउदी अरेबियासँग २–१ ले पराजित

मेक्सिकोमाथि २–० को जित

पोल्यान्डमाथि २–० को जित

 

प्रि–क्वाटरफाइनल

अष्ट्रेलियामाथि २–१ को जित

 

क्वाटरफाइनल

नेदरल्यान्ड्सविरुद्ध निर्धारित समयमा २–२ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ को जित

 

सेमिफाइनल

क्रोएसियामाथि ३–० को जित

 

फ्रान्सको फाइनल यात्रा

समूह चरण

अष्ट्रेलियामाथि ४–१ को जित

डेनमार्कमाथि २–१ को जित

ट्युनिसियासँग २–१ ले पराजित

 

प्रि–क्वाटरफाइनल

पोल्यान्डमाथि ३–१ को जित

 

क्वाटरफाइनल

इंग्ल्यान्डमाथि २–१ को जित

 

सेमिफाइनल

मोरक्कोमाथि २–० को जित

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...