Rajshow Bivag

युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज रियल म्याड्रिड र लिभरपुल भिड्दै

Departmant of helth services

 

एजेन्सी: युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज मध्यराती स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।

 

फाइनलमा लिभरपुल २०१८ मा भोगेको हारको बदला लिने योजनमा मैदान उत्रदा रियल म्याड्रिड कीर्तिमानी उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

 

सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलपछि यि दुई टोली दुई पटक भिडिसकेका छन् । जसमा एक खेल रियलले ३–१ ले आफ्नो पक्षमा पार्दा अर्को खेल गोलरहित बराबरीमा सकिएको छ ।

 

च्याम्पियन्स लिगको फाइनल खेल नै लिभरपुलको लागि रियलविरुद्ध बदला लिने मुख्य अवसर हो । यो सिजन दुई उपाधि जितिसकेको लिभरपुल उत्कृष्ट लयमा रहेको छ ।

 

यो सिजन चार उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा एक अंकले म्यानचेस्टर सिटीसँग पछि पर्दा तेस्रो उपाधि जित्नबाट वञ्चित बन्यो ।

 

अब लिभरपुल रियललाई हराउँदै यो सिजनको तेस्रो उपाधि जित्न चहान्छ । लिभरपुलका लागि यो पछिल्लो ५ सिजनमा तेस्रो च्याम्पियन्स लिग फाइनल हुनेछ ।

 

किभमा भएको त्यो फाइनलमा लिभरपुल रियालसँग ३–१ ले पराजित रहेको थियो भने त्यसलगत्तैको सिजनमा लिभरपुलले मड्रिडमा टोटेनहमलाई हराएर उपाधि जितेको थियो ।

 

लिभरपुल सातौंपल्ट उपाधि जित्नका लागि बलियो प्रत्याशी रहनेछ । यस्तो गर्न सके लिभरपुलले एसी मिलानको कीर्तिमानसँग बराबरी गर्नेछ ।

 

युरोपेली क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि बढी जित्ने क्लब सूचीको दोस्रो स्थानमा उक्लने छ ।

 

यो सूचीमा रियाल एक्लै शीर्षस्थानमा छ । उसले कीर्तिमानी १३ पल्ट उपाधि जितेको छ । स्पेनिस महारथी रियाल आफै भने कीर्तिमान १४औं युरोपेली उपाधि जित्ने दाउमा हुनेछ ।

 

लिग चरणमा नामै नसुनेको सेरिफ टिरासपोलसँग पराजित रियलले त्यसयता भने साँच्चै राम्रो खेलेको छ । रियलले अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पिएसजी), क्वाटरफाइनलमा चेल्सी र सेमिफाइनलमा म्यानचेस्टर सिटीजस्तो बलियो टोलीको चुनौती पन्छाएको थियो ।

 

पछिल्लो ९ सिजनमा रियल पाँचौं च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा छ । यो सन् २०१४ मा सुरु भएको थियो, जतिबेला रियलले फाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई हराएको थियो । त्यसपछि रियलले लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...