YouTube Link

युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज रियल म्याड्रिड र लिभरपुल भिड्दै

World Cup 2026
Facebook Link

 

एजेन्सी: युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज मध्यराती स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।

 

फाइनलमा लिभरपुल २०१८ मा भोगेको हारको बदला लिने योजनमा मैदान उत्रदा रियल म्याड्रिड कीर्तिमानी उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

 

सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलपछि यि दुई टोली दुई पटक भिडिसकेका छन् । जसमा एक खेल रियलले ३–१ ले आफ्नो पक्षमा पार्दा अर्को खेल गोलरहित बराबरीमा सकिएको छ ।

 

च्याम्पियन्स लिगको फाइनल खेल नै लिभरपुलको लागि रियलविरुद्ध बदला लिने मुख्य अवसर हो । यो सिजन दुई उपाधि जितिसकेको लिभरपुल उत्कृष्ट लयमा रहेको छ ।

 

यो सिजन चार उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा एक अंकले म्यानचेस्टर सिटीसँग पछि पर्दा तेस्रो उपाधि जित्नबाट वञ्चित बन्यो ।

 

अब लिभरपुल रियललाई हराउँदै यो सिजनको तेस्रो उपाधि जित्न चहान्छ । लिभरपुलका लागि यो पछिल्लो ५ सिजनमा तेस्रो च्याम्पियन्स लिग फाइनल हुनेछ ।

 

किभमा भएको त्यो फाइनलमा लिभरपुल रियालसँग ३–१ ले पराजित रहेको थियो भने त्यसलगत्तैको सिजनमा लिभरपुलले मड्रिडमा टोटेनहमलाई हराएर उपाधि जितेको थियो ।

 

लिभरपुल सातौंपल्ट उपाधि जित्नका लागि बलियो प्रत्याशी रहनेछ । यस्तो गर्न सके लिभरपुलले एसी मिलानको कीर्तिमानसँग बराबरी गर्नेछ ।

 

युरोपेली क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि बढी जित्ने क्लब सूचीको दोस्रो स्थानमा उक्लने छ ।

 

यो सूचीमा रियाल एक्लै शीर्षस्थानमा छ । उसले कीर्तिमानी १३ पल्ट उपाधि जितेको छ । स्पेनिस महारथी रियाल आफै भने कीर्तिमान १४औं युरोपेली उपाधि जित्ने दाउमा हुनेछ ।

 

लिग चरणमा नामै नसुनेको सेरिफ टिरासपोलसँग पराजित रियलले त्यसयता भने साँच्चै राम्रो खेलेको छ । रियलले अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पिएसजी), क्वाटरफाइनलमा चेल्सी र सेमिफाइनलमा म्यानचेस्टर सिटीजस्तो बलियो टोलीको चुनौती पन्छाएको थियो ।

 

पछिल्लो ९ सिजनमा रियल पाँचौं च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा छ । यो सन् २०१४ मा सुरु भएको थियो, जतिबेला रियलले फाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई हराएको थियो । त्यसपछि रियलले लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...