यू-१८ नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान
वि.सं.२०७८ फागुन २९ आइतवार १२:१७
2.6K
shares
काठमाडौं: भारतमा आयोजना हुने साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान गरेका छन् ।
भारतमा हुने अण्डर-१८ महिला साफ च्याम्पियनसिपमा भाग लिनका लागि नेपाली टोली आईतबार आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतियोगिता भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिख अर्थात् चैत १ देखि ११ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश गरि तीन देशको सहभागिता रहनेछ ।
प्रतियोगिताका खेलहरु डबल राउण्ड रोबिनको आधारमा खेलाइनेछ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले मार्च १५ अर्थात् चैत्र १ गते आयोजक भारतको सामना गर्नेछ ।
दोस्रो खेलमा नेपालले मार्च १७ ९चैत ३० गते बंगलादेशसँग खेल्नेछ ।
यसैगरी तेश्रो खेलमा मार्च २१ ९चैत ७० फेरि भारतसँग खेल्दा नेपालले चौंथो खेलमा मार्च २३ ९चैत ९० गते बंगलादेशसँग खेल्नेछ ।
नेपाली टोली:
सावित्री किशन, लिला जोशी, पुजा थापा, सबिना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रिती राई, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई ।
वि.सं.२०७८ फागुन २९ आइतवार १२:१७




















