YouTube Link

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जित्यो

Facebook Link

काठमाडौं: तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस यसवर्षको च्याम्पियन बनेको हो ।

उपाधिसंगै पुलिसले नगद २० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १० लाख रुपैयामा चित्त बुझाएको छ । १ सय २६ रनको लक्ष्य पुलिसले ४१औँ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । पुलिसको जितमा अमित श्रेष्ठले ४४ रन बनाए भने सुनिल धमला ४२ रनमा अविजित रहे । आर्मीका लागि करण केसीले ३ विकेट लिए भने साहव आलम २ र सुशन भारीको नाममा १-१ विकेट रह्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले ३३ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको आर्मीले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको थियो । आर्मीले ३६ रन जोड्न ७ विकेट गुमाएपछि ठूलो योगफल बनाउन चुकेको थियो । आर्मीलाई सस्तैमा रोक्न पुलिसका ललित नारायण राजवंशी र पवन शराफले समान ४-४ विकेट लिए भने सागर ढकालको नाममा १ विकेट रह्यो ।

आर्मीका लागि सोमपाल कामीले ३५ रन बनाए भने राजु रिजालले ३२ रन जोडे । प्रतियोगितामा ललितनारायण राजवंशी म्यान अफ दि सिरिज घोषित भए । उनी फाइनल खेलमा ४ विकेट लिंदै म्यान अफ दि म्याच पनि घोषित भए । साथै प्रतियोगिताभर २० विकेट लिएका राजवंशी बेस्ट बलरसमेत घोषित भए । प्रतियोगितामा सर्वाधिक २ सय ६१ रन बनाएका आर्मीका विकेटकिपर ब्याट्सम्यान राजु रिजाल बेस्ट ब्याट्सम्यान घोषित भए । उनले ३ अर्धशतक समेत प्रहार गरेका थिए । यसैगरी सुदूरपश्चिमका युवा ब्याट्सम्यान खडग बोहरा उदीयमान खेलाडी घोषित भए । उनले एक अर्धशतक सहित १ सय २१ रन बनाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...