YouTube Link

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जित्यो

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस यसवर्षको च्याम्पियन बनेको हो ।

उपाधिसंगै पुलिसले नगद २० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १० लाख रुपैयामा चित्त बुझाएको छ । १ सय २६ रनको लक्ष्य पुलिसले ४१औँ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । पुलिसको जितमा अमित श्रेष्ठले ४४ रन बनाए भने सुनिल धमला ४२ रनमा अविजित रहे । आर्मीका लागि करण केसीले ३ विकेट लिए भने साहव आलम २ र सुशन भारीको नाममा १-१ विकेट रह्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले ३३ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको आर्मीले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको थियो । आर्मीले ३६ रन जोड्न ७ विकेट गुमाएपछि ठूलो योगफल बनाउन चुकेको थियो । आर्मीलाई सस्तैमा रोक्न पुलिसका ललित नारायण राजवंशी र पवन शराफले समान ४-४ विकेट लिए भने सागर ढकालको नाममा १ विकेट रह्यो ।

आर्मीका लागि सोमपाल कामीले ३५ रन बनाए भने राजु रिजालले ३२ रन जोडे । प्रतियोगितामा ललितनारायण राजवंशी म्यान अफ दि सिरिज घोषित भए । उनी फाइनल खेलमा ४ विकेट लिंदै म्यान अफ दि म्याच पनि घोषित भए । साथै प्रतियोगिताभर २० विकेट लिएका राजवंशी बेस्ट बलरसमेत घोषित भए । प्रतियोगितामा सर्वाधिक २ सय ६१ रन बनाएका आर्मीका विकेटकिपर ब्याट्सम्यान राजु रिजाल बेस्ट ब्याट्सम्यान घोषित भए । उनले ३ अर्धशतक समेत प्रहार गरेका थिए । यसैगरी सुदूरपश्चिमका युवा ब्याट्सम्यान खडग बोहरा उदीयमान खेलाडी घोषित भए । उनले एक अर्धशतक सहित १ सय २१ रन बनाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...