YouTube Link

सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज (उपत्यका बिदा)

Facebook Link

काठमाडौं: उपत्यकामा आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै छ । भोटो जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु यसै दिन हुन्छ भनेर यकिन गर्न सकिदैन् ।

ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि बढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ ।

यसरी रथ निर्माण भएपश्चात बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखिन्छ । त्यसपछि लगभग एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई ललितपुरका चोकचौराहहरुमा लग्दछन् । यस रथसँगै अर्को सानो तर उस्तै रथ पनि तानिन्छ, यस रथका विषयमा हामीमध्य धेरैलाई जिज्ञासा हुन सक्छ । अर्को यस्तै सानो रथचाँही चाकुवा द्यः को हो । मिननाथ भनेर चिनिने यी पनि एउटा बुंग द्यः जस्तै बोधिसत्व नै हुन् ।

पुल्चोकबाट शुरुभएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ ।

ईटी र ठटी टोल बीचमा बसोबास गर्ने स्थानीय महिलाहरुले विशेषतः तान्ने यस रथयात्रालाई स्थानीय नेवार भाषामा याकः मिसाया भुज्या भनिन्छ । जावलाखेलको खुल्ला मैदानमा समापन गरिने यस रथयात्रामा परम्परागत नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ । यसरी विभिन्न मणी माणीक्य जडित कालो भोटोलाई रथको चारैतर्फवाट उपस्थित सबैले देख्ने गरी देखाउने परम्परा छ ।

लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले करकोताका नामक देवतासँगवाट उन्लाई सहयोग गरेकाले एउटा भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् । उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।

भोटो जात्राका नेवा: भाषाका अन्य नामहरु जा(ह्वला)जात्रा भनेर पनि स्थानीय भाषामा भोटे जात्रालाई भनिन्छ, यसै जाह्वला जात्रा का नामवाट ठाँउको नामनै जावलाखेल रहन गएको हो । यसको अर्थ भात छर्नु भन्ने हो, भोटे जात्राको दिन राती भात छर्ने चलन पनि छ । त्यसै गरी यस जात्रालाई प्वाकलं जात्रा पनि भनिन्छ, जसको अर्थ भोटो हो । आजको दिन काठमाडौ उपत्यकामा सार्वजनिक विदा हुन्छ, सदियौँदेखि चलिआएको यस जात्राले नेपाली सभ्यता, सँस्कार अनि ईतिहास वयान गर्दछ । वर्षाका देवता रातो मछिन्द्रनाथले हामीसबैको कल्याण गरुन्, अल्पवृष्टि र अनावृष्टि नहोस् । माटोको रक्षा होस्, धर्मको जय होस्, अधर्मको नाश होस् ।

(- सुयोग ढकाल/हाम्रो पात्रोबाट )

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...