YouTube Link

चेल्सीले उचाल्यो क्लब विश्वकपको उपाधि

World Cup 2026
Facebook Link

 

एजेन्सीः ब्राजिलियन क्लब पाल्मिरस अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

 

गएराति भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

 

चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक-एक गोल गरे ।

 

पाल्मिरसका लागि राफेल भेइगाले एक गोल फर्काए ।

 

निकै नै रोमान्चक बनेको खेलको ५४औं मिनेटमा रोमेलु लुकाकुले हेड मार्फत गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

तर, खेलको ६४ औं मिनेटमा राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १-१ गोलको बराबरीमा फर्काए ।

 

त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

 

अतिरिक्त समयमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा निर्णायक गोल गरे ।

 

उनले ११७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

 

यसैबी अतिरिक्त समयको इन्जुरी समयमा ग्रासियाले रातो कार्ड पाएपछि ब्राजिलियन क्लब १० खेलाडीमा समेटिएको थियो ।

 

चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...