YouTube Link

मनाङलाई टाइब्रेकरमा हराउँदै एपिएफ बन्यो आहा रारा गोल्डकप च्याम्पियन

Facebook Link

काठमाडौं: पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपको उपाधि विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले जितेको छ ।

पोखरा रंगशालामा भएको उपाधि भिडन्तमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको थियो ।

उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ ।

उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

खेलको २० औं मिनेटमा युवराज खड्काले विभागीय टिम एपीएफलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६७औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए ।

कप्तान बिमल रानाको क्रसलाई सदुपयोग गर्दै सिंहले गोल गरेका थिए ।

खेल सकिन ६ मिनेट अघि फ्रेङ्कलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए ।

तर खेलको इन्जुरी समयको पहिलो मिनेटमै एपीएफका रबि थिङले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...