YouTube Link

‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रलाई हराउँदै एपिएफ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

उपाधिका लागि मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने

Facebook Link

 

 

काठमाडौं: ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ फाईनलमा पुगेको हो ।

 

एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे ।

 

मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काए ।

 

खेलको २५औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

तर, खेलको ४०औं मिनेटमा ओमोलाजाले गोल गर्दै मछिन्द्रलाई १-१ को बराबरीमा ल्याएका थिए ।

 

खेलको ६९औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए ।

 

यस्तै खेलको ७१औं मिनेटमा करिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मछिन्द्र १० खेलाडीमा समेटिएको थियो ।

 

खेलको अतिरिक्त समयमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३-१ को सहज जित दिलाए ।

 

एपीएफ १४ वर्षपछि आहा राराको फाइनल पुगेको हो ।

 

यस अघि २०६४ मा एपीएफले फाइनल खेलेको थियो ।

 

अब एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...