पछिल्लो २४ घण्टामा थपिए ८ हजार ४ सय ५४ कोरोना संक्रमित, पाँच जनाको मृत्यु
वि.सं.२०७८ माघ १२ बुधवार १६:४३
2.3K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षणमा ५ हजार ५ सय ७१ र ६ हजार ८ सय १० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ८ सय ८३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोह अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४ हजार ४ सय ३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ ।
वि.सं.२०७८ माघ १२ बुधवार १६:४३


















