नक्कली प्रमाणपत्रमा फुटबल टिमका पूर्व कप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
वि.सं.२०७८ माघ १२ बुधवार १७:५७
2.9K
shares
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीमा जागिर खान शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला विभाग प्रमुख रहेका खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाणपत्र देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफू समेतलाई लाभ हुने बदनियत राखेको कसुरमा उनी दोषी ठहर भएकाले बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७८ माघ १२ बुधवार १७:५७



















