YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजील्याण्ड विजयी

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: अष्ट्रेलियाले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

इंग्ल्याण्डको ब्रिस्टोलमा अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नर र कप्तान आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । वार्नरले अविजित ८९ रन बनाए । फिन्चले ६६ रनको योगदान दिए । यस्तै उस्मान ख्वाजाले १५ रन जोड्दा स्टिभ स्मिथ १८ रनमा आउट भए । अफगानिस्तानका गुल्बादीन नाईब, मुजिब उर रहमान र राशिद खानले १/१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले ३१ रनको योगदान दिए । यस्तै राशिद खानले २७ रन बनाए । अष्ट्रेलियाक लागि एडम जाम्पा र पाट कुमिन्सले समान ३/३ विकेट लिए । यस्तै मार्कुस स्टोनिसले २ विकेट लिए । जितसंगै अष्ट्रेलियाले पहिलो खेलमा २ अंक जोडेको छ । अफगानिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसैबीच शनिबार भएको पहिलो खेलमा न्युजील्याण्डले शानदार जित निकालेको छ । वेल्स कार्डीफस्थित सोफीया गार्डेन क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजील्यान्डले विजयी सुरुवात गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य पछ्याएको न्युजील्यान्डले १६ दशमलब १ ओभरमा विना कुनै विकेटको क्षतिमा पुरा गरेको हो ।

टस हारेर ब्याटिङमा उत्रेको श्रीलंकाले २९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन जोडेको थियो । श्रीलंकालाई सस्तोमा समेट्न न्यूजिल्यान्डका लोकी फर्जसन र म्याट हेनेरीले समान ३-३ विकेट लिएका थिए । श्रीलंका लागि कप्तान दिल्मुथ करुनारत्नेले ५२ रनको अर्धशतकीय पारी खेल्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...