YouTube Link

ईंग्लिस क्लब चेल्सीले जित्यो तेस्रो पटक युरोपा लिग फुटबलको उपाधि

World Cup 2026
Facebook Link

एजेन्सी: ईंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राती भएको फाइनलमा आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । अजरबैजानमा भएको फाइनलमा चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले २ गोल गरे ।

७ वर्ष चेल्सीमा बिताएका हजार्डले सिजनको अन्त्यसँगै क्लब छाड्दै छन् । यस्तै ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । बाकी ओलम्पिक स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले ४ गोल गर्दै उपाधि चुमेको हो ।

खेलको ४९ औं मिनेटमा जेरुडको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो । जितसँगै चेल्सीले तेस्रो पटक युरोपा लिगको उपाधि हात पारेको छ । क्लब फुटबलको दोस्रो प्रतिष्ठित प्रतियोगिता मानिने युरोपा लिगमा यसअघि चेल्सीले सन् २०१२ र १३ को सिजन जितेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...