YouTube Link

इजरायलमा सांसदहरुले गरे संसद भंग गर्ने पक्षमा मतदान, आगामी सेप्टेम्बरमा पुनः निर्वाचन

Facebook Link

एजेन्सी: प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गठबन्धन सरकार बनाउन असफल भएपछि इजरायली सांसदहरुले संसद भंग गर्ने पक्षमा मतदान गरेका छन् । यो फैसलासँगै अब इजरायलमा आगामी सेप्टेम्बरमा पुनः निर्वाचन हुने भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले पछिल्लो महिना भएको निर्वाचनपछि नयाँ दक्षिणपन्थी गठबन्धन बनाउनका लागि गरेको प्रयास विफल भएको छ । कार्यवहाक प्रधानमन्त्रीले गठबन्धन बनाउन नसकेको इजरालयको इतिहासमा यो पहिलो घटना हो । गठबन्धन बन्न नसक्ने गतिरोधको केन्द्रमा अति-धर्मनिष्ठ यहूदी शिक्षण संस्थानका विद्यार्थीहरुलाई अनिवार्य सैनिक सेवामा मिल्ने छूटको समीक्षा गर्न माग सांसदहरुले गरिरहेका थिए ।

गठबन्धन बनाउनका लागि समय सीमा पूरा भएपछि पेश गरिएको संसद भंग गर्ने प्रस्तावको पक्षमा ७४ मत पर्यो भने विपक्षमा ४५ सांसद उभिएका थिए । गत अप्रिलमा भएको निर्वाचनमा एक सय २० स्थान मध्ये नेतन्याहूको लिकुड पार्टीले ३५ सिटमा जित हासिल गरेको थियो । नेतन्याहूले पाँचौ पटक प्रधानमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए तर उनले पूर्व रक्षामन्त्री एविग्दोर लिबरमनसँग सम्झौता गर्न सकेनन् । लिबरमनसँगको सम्झौताविना सरकार बनाउन सम्भव थिएन । संसदमा भएको मतदान पछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेतन्याहूले आफुले स्पष्ट चुनावी अभियान चलाएर विजय हाँसिल गर्ने दाबी गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...