YouTube Link

जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स’को उपाधि

Facebook Link

 

काठमाडौं: गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् ।

 

हिमायलन एचडीबाट शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

 

उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् ।

 

जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए ।

 

उपाधि जितेपछि जेनिशले भने– ‘मलाई परिवारले एकदमै साथ दिनुभएको छ । मलाई गाइड गर्ने सबै कोचहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु । मैले ममीको सपना पुरा गर्न सकेकोमा गर्व गर्न चाहन्छु । दर्शकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’

 

६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको यो रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

 

२० भागसम्म चलेको यो शोलाई दर्शकले अत्याधिक माया गरेका थिए ।

 

यसैबीच, ‘द भ्वाइस किड्स’ सफलतापूर्वक सम्पन्न भएसँगै हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको अडिसन मंगलबारबाट सुरु हुने जनाएको छ ।

 

यस्तै, ‘डान्सिङ स्टार्स अफ नेपाल’को दोश्रो सिजन पनि हिमालय टीभीबाट चाडै नै प्रशारण हुने कार्यक्रममा जानकारी दिइयो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...