Texas College
YouTube Link

प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज चार खेलहरु हुँदै

Facebook Link

 

 

काठमाडौं: प्रधानमन्त्री (पीएम) कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल गरी आज चार खेलहरु हुँदैछन् ।

 

टियु मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

समूह ‘ए’ मा रहेको कर्णाली ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 

पुलिस २ खेलम्मा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बग्म्मति प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

 

समूह ‘बी’ मा रहेको प्रदेश २ ले ३ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

 

बागमती २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

 

समूह ‘ए’ को आर्मी ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

सुदुरपश्चिम २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

मुलपानीमा हुने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

 

समूह ‘बी’ मा रहेको एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

लुम्बिनी २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

 

समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।

 

समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

 

दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...