Rajshow Bivag

राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न

Departmant of helth services

 

काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद तीन र बोनस सेयर ३० प्रतिशत) सहित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

 

चुक्ता पुँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

 

लाभांश वितरणपछि बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।

 

साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

 

साधारणसभा अध्यक्षता गरेका बैंक सञ्चालक समिति अध्यक्ष डा.बलराम पाठकले कोभिड–१९ पछि अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

 

उनले बदलिँदो परिवेश र ग्राहकको चाहना अनुरूप बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरू प्रदान गर्नेगरी सञ्चालक समितिले नीतिगत निर्णयहरू लिइरहेको र आगामी दिनमा समेत यसतर्फ निरन्तर कटिबद्ध रहिरहने उल्लेख गरे ।

 

साधारण सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिञ्चाई मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण सेयरधनीहरूको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

 

अध्यक्ष डा. पाठकद्वारा प्रस्तुत प्रतिवेदन माथि सेयरधनीहरू डमरुवल्लभ घिमिरे, रामगोपाल श्रेष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्दै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारणा राखेका थिए ।

 

वाणिज्य बैंकले ७७ जिल्लामा २ सय ५७ वटा शाखा कार्यालय, २ सय ४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ जेठ ७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ७ सोमवार ०५:५९

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

ष्याँदर पिदारको शुभ-कामना आदानप्रदान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

ष्याँदर पिदारको शुभ-कामना आदानप्रदान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ जेठ ६ आइतवार २२:४८

  काठमाडौं: 'पहिचान र समानताको लागि प्रतिवद्धता' भन्ने मुल नाराका...

जसरी सहकारीका विषयहरु उठिरहेका छन् ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन: गृहमन्त्री रवि लामिछाने

जसरी सहकारीका विषयहरु उठिरहेका छन् ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन: गृहमन्त्री रवि लामिछाने

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५२

  काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनैपनि सहकारीबाट...

संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

वि.सं.२०८१ जेठ ६ आइतवार १७:३७

  काठमाडौं: प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन...

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४६

  काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल...

कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक बस्दै

कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक बस्दै

वि.सं.२०८१ जेठ ६ आइतवार ११:३२

  काठमाडौं: नेपाली कांग्रेसको नेतृत्वमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको...