YouTube Link

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा भारतको सहज जित

Facebook Link

एजेन्सी: आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ । कार्डिफमा हिजो भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले हराएको हो ।

भारतले दिएको ३ सय ६० रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ६४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि मुस्फिकुर रहिमले ९० तथा लिटोन दासले ७३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । भारतका लागि कुलदिप यादब र युजभेन्द्र चाहलले ३/३ विकेट लिए । जस्प्रित बुम्राहले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ५९ रन बनाएको थियो । भारतका लागि महेन्द्र सिंह धोनी र लोकेश राहुलले शतकीय इनिङ्स खेले । धोनीले एक सय १३ रन जोड्दा राहुलले एक सय ८ रन बनाए । कप्तान विराट कोहली ४७ रनमा आउट भए । बंगलादेशका रुबेल हुसेन र शाकिब अल हसनले २/२ विकेट लिए । इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...