YouTube Link

टिशा र प्रारम्भले जिते यु-१६ जुनियर अक्वाथलनको उपाधि

Facebook Link

 

काठमाडौं: टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु-१६ तर्फ बिजयी भएका छन् ।

 

नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा भएको प्रतियोगिताको २०० मिटर दौड, ४०० मिटर पौडी र १०० मिटर दौडको दुरी महिला तर्फ २४ मिनट ५६ सेकेन्डका साथ टिशाले र पुरुष तर्फ २३ मिनट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् ।

 

महिला तर्फ आजमी श्रेष्ठले २६ मिनट ३९ सेकेन्डका साथ दोश्रो र रोशा न्यौपानेले ३१ मिनट २६ सेकेन्डका साथ तेश्रो स्थान हात पारे ।

 

यस्तै पुरुष तर्फ तेन्जिङ्ग रायन गुरुङ्गले २४ मिनट ११ सेकेन्डका साथ दोश्रो र २५ मिनट ३८ सेकेन्डका साथ जादेन श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे ।

 

बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।  यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

महिला तर्फ स्वस्तिका भण्डारीले चौथो स्थान प्राप्त गर्दै १ हजार नगद सान्त्वना पुरस्कार प्राप्त गरिन् । पुरुष तर्फ सनिल थापा मगर र अजल काजी ताम्राकारले चौथो र पाँचौ स्थानका साथ नगद १ हजार सान्त्वना प्राप्त गरे ।

 

सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको यु १३ महिला तर्फ आर्या महर्जन पहिलो भईन् । उनले ३२ मिनट ३९ सेकेन्डका साथ उक्त दुरी पुरा गरेकी हुन् ।

 

दोश्रो स्थानमा आश्ना श्रेष्ठ ३३ मिनट ५३ सेकेन्डमा र तेश्रो स्थानमा आकंक्षा श्रेष्ठ ३६ मिनट ५६ सेकेन्डमा दुरी पुरा गर्न सफल भए । यस्तै पुरुष तर्फ आरोहण भण्डारीले २५ मिनट ३८ सेकेन्डका साथ निर्धारित दुरी पुरा गर्दै प्रथम स्थान हात पार्न सफल भए ।

 

दोश्रो स्थानमा अथर्व सिंह रहे । उनले २५ मिनट ५८ सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा रहेका प्रसर्य श्रेष्ठले ३३ मिनट ३२ सेकेन्डमा दुरी पुरा गरे ।

 

बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।  यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

यु-१० तर्फ एक मात्र सानी खेलाडी ज्योत्सना भट्टले प्रतियोगितामा सहभागिता जनाए बापत सान्त्वना बापत नगद १ हजार प्राप्त गरिन् ।

 

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगितामा २५ खेलाडीहरुको उपस्थिती रहेको थियो । प्रतियोगितालाई किङ्गस् एण्ड क्रल, काठमाण्डौ फर्टिलिटी सेन्टर, सुमिङ्ग प्यारेन्ट एसोसियशन, ब्लाक बक्स टेक्नोलोजी, एग्रो थाई फुड, के एण्ड के प्रिन्टिङ्ग, रोयल हुक्का, गरिमा विकास बैंक, थानकोट मेडिकल हलले प्रायोजन गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...