YouTube Link

‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीमाथि आर्मीको जित, मनाङले च्यासललाई ५-० गोल अन्तरले हरायो

Facebook Link

 

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीलाई त्रिभुवन आर्मीले १–० गोल अन्तरले पराजित गरेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीको तर्फबाट पहिलो हाफमा खेलको १७औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोल नै निर्णायक बन्यो ।

 

जितपछि अपराजित आर्मी ८ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

 

समान १४ अंक रहेपनि आर्मी संकटासँग पछि परेको छ ।

 

लिगमा दोस्रो हार बेहोरेको एनआरटी १० अंकसहित सातौ स्थानमा यथावत रहेको छ ।

 

यसैबीच ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलाई ५-० गोल अन्तरले शानदार जित निकालेको छ ।

 

मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे ।

 

मनाङले पहिलो हाफमै दुई गोल गरेको थियो । तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

खेलको ४३ औं मिनेटमा ओलावालेले गोल गरेपछि मनाङ पहिलो हाफमा २-० ले अघि रह्यो  ।

 

खेलको ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए ।

 

खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ४-० को अग्रता दिलाए ।

 

त्यसको एक मिनेटपछि नै ओलावालेले ह्याट्रिक पूरा गर्दा मनाङ ५-० ले विजयी भयो ।

 

जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।

 

च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३ औं स्थानमा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...