YouTube Link

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: प्रधानमन्त्रीकप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछ । किर्तिपुर क्रिकेट मैदानमा प्रदेश-३ र गण्डकी प्रदेश भिडेछन् भने मुलपानी क्रिकेट मैदानमा आर्मी र कर्णली प्रदेश खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा एपीएफले लगातार दोस्रो जित निकालेको छ भने प्रदेश-३ ले पहिलो जित दर्ता गरेको छ । सशस्त्र प्रहरी बलको एपीएफले सूदूपश्चिम प्रदेशलाई तिन विकेटले पराजित गरेको हो । सूदूपश्चिम प्रदेशले प्रस्तुत गरेको एक सय २६ रनको लक्ष्य एपिएफले ३५औं ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

टस जितेर पहिले ब्याटिङ गर्दै सूदूपश्चिम प्रदेश ३८औं ओभरमा अलआउट हुँदै जम्मा एक सय २५ रनमा समेटिन पुग्यो । सूदूपश्चिमको सम्पूर्ण टोली झिनो योगफलमा समेटिने क्रममा खेलाडीबीच तालमेल नपुग्दा ५ जना ब्याट्सम्यान रनआउट बन्न पुगका थिए । एपीएफले यसअघि पहिलो खेलमा प्रदेश-३ लाई हराउँदै जित निकालिसकेको छ ।

हिजै भएको मुलपानी किक्रेट मैदानमा भएको खेलमा प्रदेश-५ लाई हराउँदै प्रदेश-३ ले प्रतियोगितामा पहिलो जित हात पारेको छ । प्रदेश-३ ले प्रदेश-५ माथि ६ विकेटको जित निकालेको हो । प्रदेश-५ ले दिएको एक सय २३ रनको झिनो लक्ष्यलाई प्रदेश ३ ले २२औं ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

टस हारेर ब्याटिङ गरेको प्रदेश-५ बयालिसौं ओभरमा अलआउट हुँदै जम्मा एक सय २२ रनमा समेटिएको थियो । प्रदेश-५ लाई झिनो योगफलमा रोक्नेक्रममा प्रदेश ३ का कप्तान पारस खड्काले १० आभेरमा २४ रन मात्र खर्चेर ४ विकेट लिए भने सूर्य तामाङले जम्मा १६ रन दिँदै ३ विकेट हात पारे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...