आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेल्दै
वि.सं.२०७८ मंसिर १२ आइतवार ०८:०४
2K
shares
काठमाडौं: आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले आयोजक राष्ट्र युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र युएईबीचको खेल दुबईको आईसीसी एकेडेमी मैदानमा हुनेछ ।
खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपालले ग्लोबल छनोटमा स्थान बनाउन युएईविरुद्ध जित मात्र हात पारेर हुँदैन नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।
प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ ।
अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ ।
अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ ।
यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडि छ ।
ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आज नै कुवेत विरुद्ध खेल्नेछ ।
मलेसिया २ अंक, भुटान २ अंक र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।
वि.सं.२०७८ मंसिर १२ आइतवार ०८:०४




















