YouTube Link

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेल्दै

Facebook Link

 

काठमाडौं: आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले आयोजक राष्ट्र युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

 

नेपाल र युएईबीचको खेल दुबईको आईसीसी एकेडेमी मैदानमा हुनेछ ।

 

खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।

 

नेपालले ग्लोबल छनोटमा स्थान बनाउन युएईविरुद्ध जित मात्र हात पारेर हुँदैन नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।

 

प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ ।

 

अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ ।

 

अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ ।

 

यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडि छ ।

 

ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आज नै कुवेत विरुद्ध खेल्नेछ ।

 

मलेसिया २ अंक, भुटान २ अंक र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...