सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफलाई हराउँदै च्यासलको पहिलो जित
वि.सं.२०७८ मंसिर ११ शनिवार १५:४७
2.8K
shares
काठमाडौं: विभागीय टोली एपीएफलाई पराजित गर्दै च्यासल युथ क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको लिग अन्तर्गत आफ्नो दोस्रा दोस्रो खेलमा एपीएफलाई १-० गोल अन्तरले पराजित गर्दै च्यासल पहिलो जित निकाल्न सफल भएको हो ।
च्यासलको जितका लागि रुमेश बर्तौलाले एक निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको शुरुवाती तेस्रो मिनेटमा रुमेशले गोल गरेको थिए ।
त्यसपछि खेलमा दुवै टोलीको तर्फबाट दोहोरो गोल हुन नसकेपछि रमेशको उक्त गोल नै खेलको निर्णाक गोल बन्यो ।
जितसँगै दुई खेलबाट ३ अंक जोडेको च्यासल तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
यसअघि भएको पहिलो खेलमा भने च्यासल थ्री स्टारसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
एपीएफ भने प्रतियोगितामा लगातार दोश्रो हार ब्योहोरेको छ ।
एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३-२ ले पराजित भएको थियो ।
अंक विहीन एपीएफ तालिकाको पुछारमा रहेको छ ।
वि.सं.२०७८ मंसिर ११ शनिवार १५:४७




















