सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल र पुलिस भिड्ने
वि.सं.२०७८ मंसिर १२ आइतवार ०८:२४
3.2K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
जावलाखेल र पुलिसबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
आज जावलाखेल पहिलो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रनेछ । जावलाखेलले पहिलो खेल मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो ।
पुलिस पनि पहिलो जितको खोजी सहित मैदान उत्रने छ । पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
वि.सं.२०७८ मंसिर १२ आइतवार ०८:२४




















