‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटोको पहिलो जित दर्ता, थ्री स्टार १-० गोल अन्तरले पराजित
वि.सं.२०७८ मंसिर १० शुक्रवार १६:१०
3.1K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो ।
सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङले खेलको २९औं मिनेटमा निर्णायक गोल गरे । मार्टिन्स अजयीले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे ।
खेल अवधिभर नै थ्री स्टारविरुद्ध सातदोबाटो हाबी भएको थियो ।
खेलको म्यान अफ दि म्याच सातदोबाटोका सुदिप गुरुङ चुनिए ।
जितसँगै सातदोबाटोले २ खेलमा ४ अंक जोडेको छ ।
सातदोबाटो लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
थ्री स्टारको यो पहिलो हार हो । थ्री स्टार ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो ।
वि.सं.२०७८ मंसिर १० शुक्रवार १६:१०


















