म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा
वि.सं.२०७८ मंसिर ८ बुधवार ०७:४०
2.1K
shares
एजेन्सी: म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि सहज जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।
क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै घरेलु टोली भिल्लारियललाई २–० ले पराजित गरेपछि युनाइटेडले समूह चरणको एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ७८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । रोनाल्डोले भिल्लारियलविरुद्ध एक गोल गरेसँगै उनले व्यवसायिक खेल करिअरमा ८ सय गोलको नयाँ कीर्तिमान बनाएका हुन् ।
अतिरिक्त समयको पहिलो मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । जितपछि युनाइटेडको ५ खेलबाट १० अंक भएको छ । पराजित भिल्लारियल ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार ०७:४०



















