YouTube Link

शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनका लागि प्रतिनिधिमा निर्वाचित

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनका लागि प्रतिनिधिमा निर्वाचित भएका छन् ।

 

गृहजिल्ला डडेल्धुरामा भएको जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

 

कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो । देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए । बमका अनुसार देउवाले शतप्रतिशत मत भने पाएनन् ।

 

महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी भएका छन् ।

 

यसैगरी, डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा आरजु राणा देउवा सर्वसम्मत चयन भएकी छन् । खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

 

सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

 

महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मीनबहादुर चन्द र सम्पन्नराज भट्ट निर्वाचित भएका छन् ।

 

महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित भएका छन् ।

 

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेशी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित भएका छन् ।

 

जनजातिबाट बलबहादुर गुरुङ र अपाङ्ग अल्पसंख्यकबाट जयप्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

 

निवर्तमान सभापति कर्ण मल्ल समूहले भने क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन प्रक्रिया बहिस्कार गरेको थियो ।

 

डडेल्धुरामा पुनःनिर्वाचन हुनुपर्ने माग राखेर मल्ल समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ । मल्ल पक्षले जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...