इटालियन सिरी ए मा युभेन्ट्सको जित
वि.सं.२०७८ मंसिर ५ आइतवार ०८:०२
1.7K
shares
काठमाडौं: इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले लाजियोलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
युभेन्ट्सको जितमा खेलको २३औं मिनेटमा लियोनार्दो बोनुचीले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३औं मिनेटमा बोनुचीले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।
जितसँगै युभेन्ट्सले १३ खेलमा २१ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको सातौं स्थानमा रहेको छ । लाजियो २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर ५ आइतवार ०८:०२




















