YouTube Link

पाँच वर्षपछि नेदरल्यान्डको शीर्ष डिभिजनको लिग च्याम्पियन डच लिगको उपाधि आयाक्सले जित्यो

Facebook Link

एजेन्सी: डच लिगको उपाधि आयाक्सले जितेको छ । पाँच वर्षपछि नेदरल्यान्डको शीर्ष डिभिजनको लिग च्याम्पियन बन्ने क्रममा आयाक्सले गएराति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४-१ गोल अन्तरले हराउँदै आयाक्ले सन् २०१४ पछाडी पहिलो पटक लिग उपाधि उचालेको हो ।

च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले यो सिजन घरलु प्रतियोगिताको दुई उपाधि जितेको छ । यसले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि लिग जित्न सकेको थिएन । ग्राफ्स्च्यापको मैदानमा भएको खेलमा लास्से स्कोनेले ३७औं मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा ग्राफ्स्च्यापका एल जेबीले गोल गरेपछि खेल बराबरीमा पुग्यो । त्यसको चार मिनेटपछि आयाक्सका लागि निकोलस टाग्लियाफिकोले गोल गर्दै फेरी आयाक्सलाई अग्रता दिलाए । ६७औं मिनेटमा आयाक्सले पेनाल्टी पायो । जसलाई डुसान टाडिचले गोलमा परिणत गरे । ८७औं मिनेटमा टाडिचले अर्को गोल गरेपछि आयाक्सले दोस्रो स्थानको पीएसभीलाई पछि पार्दै उपाधि जित्यो । लिग विजेता आयाकसले ३४ खेलबाट ८६ अंक जोड्न सफल रह्यो । उपविजेता बनेको पीएसभीले ८३ अंक प्राप्त गर्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...