नेपाली च्याम्पियन क्लव मनाङ-मर्स्याङदीले भारतको मिनर्वा पञ्जावसँग आज खेल्दै, जित्नै पर्ने दवाव
वि.सं.२०७६ जेठ १ बुधवार १४:५६
1.6K
sharesललितपुर: एएफसी कप फुटबलको चौथो खेलमा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आज भारतीय क्लब मिनर्वा पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपरान्ह ३ बजे सुरु हुनेछ ।
खेलमा भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने भएको छ । क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले दोस्रो होम गेमको रुपमा मनाङले आज हुने खेलको प्रत्यक्ष फाईदा उठाउने र जित निकाल्ने बताएका छन् ।
यसअघिका कमजोरी सुधार गर्दै नयाँ रणनितिका साथमा मैदान उत्रने उनको भनार्इ छ । त्यस्तै कप्तान विराज महर्जनले आजको खेलमा सबै खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । अर्को चरणमा जान आजको खेल जित्नैपर्ने दबाब भएका कारण पनि घरेलु मैदानमा राम्रो खेल्नुको बिकल्प नभएको बिराजले बताए । यस्तै पञ्जावले पनि जितका लागि नेपाल आएको प्रतिकृया दिएको छ ।
वि.सं.२०७६ जेठ १ बुधवार १४:५६