नेपाल क्वान मुकान कराँते डो संघले कोरोनाको चपेटमा परेको खेलाडी र परिवारलाई आर्थिक सहयोग गर्ने
वि.सं.२०७८ जेठ १९ बुधवार १५:२१
1.6K
shares
काठमाडौः नेपाल क्वान मुकान कराँते डो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक जनक सुवेदीले कोरोनाको चपेटमा परेको खेलाडी र खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्न आर्थिक संकलन फण्ड स्थापना गर्नु भएको छ ।
प्रशिक्षक सुवेदीको व्यक्तिगत पहलमा रु १५०० हजार जम्मा गरी आर्थिक संकलन सहयोग फण्डमा स्थापना गर्नु भएको हो ।
विश्रभरि विभिन्न भेरियन्ट सहित फैलिएको कोरोना महामारिको कारण आर्थिक चपेटामा परि दैनिक दिन चार्यमा बाध परेका खेलाडी र खेलाडीको परिवारलाई आर्थिक सहयोग गरिने बताएका छन् ।
नयाँ बानेश्वर स्थित स्र्टाटचार्टर बैकमा रहेको नेपाल क्वानमुकान कराँते डो संघको खाता नंः–०१-०४६०६१३-०१ र Swift Code SCBLNPKA मा सहयोगि माहनुभावहरुले रकम जम्मा (संकलन) गर्न सकिने बताएका छन् ।
राष्ट्रको शिर उच्चा राख्न दिनरात पसिना बगाएर मेहनत गर्ने खेलाडीलाई यो विपतको घडीमा जोगाउन र सहयोग गर्न सबैको कर्तव्य रहेको पनि बताउनु भएको छ ।
सम्पूर्ण इच्छुक सहयोगि हातहरु खेलकर्मी, खेलप्रेमि र विभिन्न संघ संस्थालाई सहयोग गरी दिन प्रमुख प्रशिक्षक सुवेदीले सबैमा अनुरोध गर्नु भएको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ १९ बुधवार १५:२१




















