YouTube Link

रियल म्याड्रिडको प्रशिक्षकमा जिनेदिन जिदानले क्लब छोडेपछि  एन्सेलोटी निय्क्त

Facebook Link

एजेन्सीः रियल म्याड्रिडको प्रशिक्षक जिनेदिन जिदानले क्लब छोडेपछि कार्लो एन्सेलोटी निय्क्त भएका छन् ।

प्रिमियर लिग क्लब एभर्टनका प्रशिक्षक एन्सेलोटी रियल म्याड्रिडमा जिनेदिन जिदानको ठाँउ लिएका हुन् ।

रियल म्याड्रिडले तीन बर्षका लागि एन्सेलोटीलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।

जिदानले राजीनामा गरेपछि प्रशिक्षकको खोजीमा रहेको रियल म्याड्रिडले आफ्नै पूर्व प्रशिक्षक एन्सेलोटीलाई फर्काएको हो ।

२०१९ डिसेम्बरदेखि एभर्टनको प्रशिक्षक रहेका एन्सेलोटीको एभर्टनमा प्रिमियर लिगमा सिजनको शुरुवात राम्रो गरेपनि अन्त्यसम्म आउदा १०औ स्थानमा सिजन समाप्त गरेको थियो ।

रियलले माउरिसियो पोचेट्टीनो, एन्टोनियो कोन्टे, आफ्नै एकेडेमी प्रशिक्षक राउललाई प्रशिक्षक बनाउने प्रयास पछि एन्सेलोटीलाई फर्काएको हो ।

एन्सेलोटीले एभर्टनमा १८ महिना नेतृत्व गर्दा सहयोग गर्ने क्लब, समर्थक, खेलाडी र सबैलाई धन्यवाद दिएका छन् ।

यस अघि रियल म्याड्रिडमा २५ जुन, २०१३ देखि २५ मे २०१५ सम्म रहेका एन्सेलोटीले रियल म्याड्रिडको लागिएक कोपा, एक युइएफए सुपर कप, एक फिफा क्लब विश्वकप र एक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

उनको नेतृत्वमा रियल म्याड्रिडले ११९ खेलमा ८९ खेल जितेको थियो ।

त्यस्तौ १४ बराबरी र १६ खेलमा हार बेहोरेको थियो ।

पहिलो कार्यकालमा रियलमा उनको जित प्रतिशत ७५ रहेको छ ।

जुन उनको प्रशिक्षण क्यारियरमै सबै भन्दा राम्रो हो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%85%e0%a4%97%e0%a5%81%e0%a4%8f%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...