YouTube Link

रियल म्याड्रिडको प्रशिक्षकमा जिनेदिन जिदानले क्लब छोडेपछि  एन्सेलोटी निय्क्त

Facebook Link

एजेन्सीः रियल म्याड्रिडको प्रशिक्षक जिनेदिन जिदानले क्लब छोडेपछि कार्लो एन्सेलोटी निय्क्त भएका छन् ।

प्रिमियर लिग क्लब एभर्टनका प्रशिक्षक एन्सेलोटी रियल म्याड्रिडमा जिनेदिन जिदानको ठाँउ लिएका हुन् ।

रियल म्याड्रिडले तीन बर्षका लागि एन्सेलोटीलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।

जिदानले राजीनामा गरेपछि प्रशिक्षकको खोजीमा रहेको रियल म्याड्रिडले आफ्नै पूर्व प्रशिक्षक एन्सेलोटीलाई फर्काएको हो ।

२०१९ डिसेम्बरदेखि एभर्टनको प्रशिक्षक रहेका एन्सेलोटीको एभर्टनमा प्रिमियर लिगमा सिजनको शुरुवात राम्रो गरेपनि अन्त्यसम्म आउदा १०औ स्थानमा सिजन समाप्त गरेको थियो ।

रियलले माउरिसियो पोचेट्टीनो, एन्टोनियो कोन्टे, आफ्नै एकेडेमी प्रशिक्षक राउललाई प्रशिक्षक बनाउने प्रयास पछि एन्सेलोटीलाई फर्काएको हो ।

एन्सेलोटीले एभर्टनमा १८ महिना नेतृत्व गर्दा सहयोग गर्ने क्लब, समर्थक, खेलाडी र सबैलाई धन्यवाद दिएका छन् ।

यस अघि रियल म्याड्रिडमा २५ जुन, २०१३ देखि २५ मे २०१५ सम्म रहेका एन्सेलोटीले रियल म्याड्रिडको लागिएक कोपा, एक युइएफए सुपर कप, एक फिफा क्लब विश्वकप र एक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

उनको नेतृत्वमा रियल म्याड्रिडले ११९ खेलमा ८९ खेल जितेको थियो ।

त्यस्तौ १४ बराबरी र १६ खेलमा हार बेहोरेको थियो ।

पहिलो कार्यकालमा रियलमा उनको जित प्रतिशत ७५ रहेको छ ।

जुन उनको प्रशिक्षण क्यारियरमै सबै भन्दा राम्रो हो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%85%e0%a4%97%e0%a5%81%e0%a4%8f%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...