युरोपा लिग फुटबलको उपाधि पहिलो पटक भिल्लारियलको पोल्टोमा
वि.सं.२०७८ जेठ १३ बिहीवार ०८:४७
एजेन्सीः युरोपा लिग फुटबलको उपाधि स्पेनिश टोली भिल्लारियलले नाटकीय जितसहित क्लब इतिहासमा पहिलो पटक जितेको छ ।
फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सडन डेथमा पराजित गरेको छ ।
खेलमा कहिलेकाहिँ यतिसम्म प्रतिस्पर्धा हुन्छ कि त्यसले रेकर्ड नै बनाइदिन्छ ।
धेरै नै प्रतिस्पर्धा हुँदा पनि त्यो नाटकीय जस्तो बनिदिन्छ ।
भिल्लारियाल र म्याचेस्टर युनाइटेडको बुधबार रातको खेल त्यस्तै भयो ।
२१ पेनाल्टी भएको खेलमा सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गर्दै भिल्लारियलले उपाधि जित्न सफल भएको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो ।
खेलको २९ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए ।
५५ औं मिनेटमा एडिसन काभानीले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित ९० मिनेटको समयसम्म कुनै गोल हुन सकेन ।
अतिरिक्त थप गरिएको ३० मिनेटमा पनि कुनै गोल नभए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा दुवै टोलीले शुरुआती १०–१० पेनल्टी प्रहार गरे सबैको सतप्रतिशत गोल भयो ।
युनाइटेडको गोलकिपर डेविड डे गियाको प्रहार भिल्लारियलका रुल्लीले बचाए ।
११ औं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले गोल गरे ।
यो गोलसँगै नाटकीय २१ पेनाल्टीको सडन डेथमा भिल्लारियलले युरोपा लिग उपाधि जित्यो ।
यो नाटकीय र रोमाञ्चक खेलमा दुवै टिमका दुई–दुई खेलाडीलाई पहेंलो कार्ड खेखाएको थियो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ १३ बिहीवार ०८:४७