इंग्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीका पेप गार्डिवलाले जिते वर्ष प्रशिक्षक अवार्ड
वि.सं.२०७८ जेठ ११ मंगलवार ०७:१२
2K
shares
एजेन्सीः इंग्लिस प्रिमियर म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक घोषित भएका छन् ।
सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो ।
सिटीले पछिल्लो चार वर्षमा तेस्रोपटक लिगको उपाधि जितेको छ ।
यस्तै म्यानचेस्टर सिटीले यो सिजन लिग कप फुटबलको उपाधि पनि जितेको छ ।
सिटीले च्याम्पियन्स लिग फुटबलको फाइनलमा चेल्सीसँग मे २९ मा प्रतिस्पर्धा गर्दै छ ।
गार्डिवलाले यसअघि गएको २०१७–१८ को सिजनमा लिग प्रशिक्षक एसोसिएसन मार्फत वर्ष प्रशिक्षक अवार्ड पाएका थिए ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ ११ मंगलवार ०७:१२




















